काठमाडौँ, ३ असार । फिफा महिला विश्वकपमा फ्रान्स, जर्मनी, स्पेन, र नर्वे प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
फ्रान्सले नाइजेरियालाई १-० ले, नर्वेले दक्षिण कोरियालाई २-१ ले, जर्मनीले दक्षिण अफ्रिकालाई ३-० ले र स्पेन चीनसँग गोलरहित बराबरी खेल्दै समुहको उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।




