काठमाडौँ, २ असार । अष्ट्रेलियाको मेल्बर्नमा भएको भीकेएल सुकोकाइ VKL SHUKOKAI) ओपन कराते च्याम्पियनसिपमा नेपाली कराते खेलाडी सिमोन खत्रीले रजत जितेका छन् ।
पुरुषतर्फ ७५ केजी भन्दामाथि तौल समुहमा सिमोनले रजत जितेका हुन् । सिमोनको यो सातौँ अन्तर्राष्टिय पदक हो । यसअघि उनले विभिन्न राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् ।




