बिषादीयुक्त भारतीय आँप उपयोग नगर्न डाक्टरको आग्रह

वीरगन्ज, २३ जेठ । भारतीय आँपलाई नेपाली बजारमा विषादी प्रयोग गरेर पकाइएकाले उपयोग नगर्न डाक्टरले आग्रह गरिएको छ ।

कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप बजारमा बिक्री वितरण भइरहेकाले सो आग्रह गरिएको हो । वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका पूर्व अध्यक्ष विदुर गुप्ताले भारतबाट आएका दशहरी, सबुजालगायतका जातका आँप विषादीयुक्त रहेको बताएका छन् ।

भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आयात गरिएका हुन् । भारतका ती स्थानमा तापक्रम बढी हुने भएका कारण त्यहा आँप छिट्टै पाक्ने गरेको भएपनि अहिले नेपाली बजारमा बिक्री भइरहेका भारतीय आँपमा भने विषादी राखेर पकाउने गरिएको उनले बताए ।

नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले उक्त विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने भएकाले प्रयोग नगर्न आग्रह गरेका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्