आईसीसी विश्वकप क्रिकेटमा भारत विजयी

एजेन्सी, २३ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

इंग्ल्याण्डमा बुधबार भएको खेलमा साउथह्याम्पटनमा दक्षिण अफ्रिकाले दिएको २२८ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ४७ ओभर ३ बलमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

भारतको जितमा ओपनर रोहित शर्माले अविजित १२२ रन बनाए । यस्तै, महेन्द्र सिंह धोनीले ३४, लोकेश राहुलले २६, कप्तान विराट कोहलीले १८, शिखर धवनले ८ र हार्दिक पाण्डयले अविजित १५ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहकुवलोले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रन बनाए । भारतका युजभेन्द्र चाहलले ४, जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले २/२ तथा कुलदीप यादवले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ