विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित

काठमाडौँ, २२  जेठ । मंगलबार भएको विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित हासिल गरेको छ ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

पानी परेपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । १८७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२ ओभर ४ बलमा सबै विकेटको क्षतिमा १५२ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ४३, हजरतउल्लाह जजाईले ३०, कप्तान गुल्बादिन नाइबले २३, हशमतुल्ला शाहिदीले ४ र मोहम्मद नाबीले ११ रन बनाए ।

श्रीलंकाका लागि नुवान प्रदीपले ४, लाथिस मालिंगाले ३ तथा तिसेरा परेरा र इसुरु उडानाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको थियो । तर, वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डक वर्थ लेविसका आधारमा अफगानिस्तानलाई १७८ रनको नयाँ लक्ष्य दिएको हो ।

श्रीलंकाका लागि कुशल परेराले ७८, कप्तान दिमुथ करुणारत्नेले ३०, लाहिरु थिरिमानेले २५, इसरु उडाना १० र सुरंगा लकमलले अविजित १५ रन बनाए । अफगानिस्तानका मोहमद नाबीले ४, डलट जड्रान र राशिद खानले २/२ तथा तथा हमिद हसनले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको