पाचौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा नेपाललाई चार स्वर्ण

काठमाडौँ, २१ जेठ । भुटानमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा नेपालले चार स्वर्ण जितेको छ ।

थिम्पुमा भएको च्याम्पियनशीपमा नेपालले चार स्वर्ण, एक रजत र दुई कांस्य जितेको वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठले बताए ।

महिला ४२ केजी जुनियरमा अनुज्ञा सापकोटा, पुरुष २४ केजी जुनियरमा इमोन राना, पुरुषकै ४२ केजी जुनियरमा अरुण तिवारी र पुरुषकै ७२ केजी सिनियरमा अर्जुनबहादुर सार्कीले स्वर्ण जिते ।

यसैगरी महिला ४६ केजी तौल समूहको सिनियर स्पर्धामा सर्मिला खड्काले रजत पदक जितिन् । यस्तै ५५ केजी महिला सिनियरमा सुस्मिता मोक्तान र ४५ केजी जुनियर पुरुषमा सागर सिंहले कांस्य पदक जिते ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ