विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको विजयी सुरुवात

एजेन्सी, १८ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १०६ रनको लक्ष्य वेस्ट इन्डिजले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

वेस्ट इन्डिजका ओपनर क्रिस गेलले ५०, निकोलस पुरनले अविजित ३४, शिमरोन हिटमायरले अविजित ७ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २१.४ ओभरमा अल आउट हुँदै १ सय ५ रन बनाएको थियो । पाकिस्तानका लागि फकर जमानले २२, बाबर आजमले २२, हरिस सोहिलले ८, सर्फराज अहमदले ८, मोहम्मद अफिजले १६, इमाद वासिमले १, हसन अलिले १ र वाहव रियाजले १८ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने