वेष्ट इण्डिजसँग न्यूजील्याण्ड ९१ रनले पराजित

काठमाडौँ, १५ जेठ । विश्वकपको लागी अभ्यास खेलमा वेष्ट इण्डिजले न्यूजील्याण्डलाई ९१ रनले हराएको छ ।

पहिला ब्याटिङ गर्दै वेष्ट इण्डिजले ४२१ रनको विशाल योगफल तयार पारेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको इण्डिजले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ४२१ रन बनाएको थियो ।

इण्डिजका लागि साई होपले शतकीय योगदान दिए । उनले ८६ बलमा १०१ रन बनाएका थिए । आन्द्रे रसेलले २५ बलमा ५४ रन बनाउँदा इभिन लुइसले पनि ५० रनको अर्धशतकीय पारी खेले । कप्तान ज्यासन होल्डरले ३२ बलमा ४७ रन र क्रिश गेलले २२ बलमा ३६ रन जोडे ।

ब्लिङतर्फ ट्रेन्ट बोल्टले चार विकेट लिए भने म्याट हेनरीले दुई विकेट लिए । ४२२ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । उसका टम ब्लन्डेलले शतकीय योगदान दिए भने केन विलियमसनले ८५ रनको उत्कृष्ट इनिङ खेले । इश सोधीले पनि ३९ रन बनाउँदा न्यूजील्याण्डले ३३० रनको सम्मानजनक योगफल तयार पार्‍यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ