विश्वकप क्रिकेट अन्तर्गत आजबाट अभ्यास खेल सुरु

काठमाडौँ, १० जेठ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् ।

आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ ।

पाकिस्तानले हालै इंग्ल्याण्डसँग सिरिज गुमाएको पीडा बिर्सिएर विश्वकप सुरु गर्ने तयारीमा छ । यसैगरी आजै त्यसै समयमा कार्डिफमा दक्षिण अफ्रिका र श्रीलंका खेल्दैछन् ।

विश्वकपकोे उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका ३० तारिखमा खेल्नेछन् । आईसीसीले यस पटकदेखि विश्वकपका अभ्यास खेलको पनि प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।

लिग चरणको खेल सकिएपछि शीर्ष चार टिमका बीचमा सेमिफाइनल र फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ