रुकुम, ८ जेठ । रुकुमको त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मा.वि विताडाँडाका छात्रालाई गाउँपालिकाले निःशुल्क सेनेटरी प्याड उपलब्ध गराएको छ ।
विद्यालयको ३५ औँ अभिभावक भेलामा किशोरीहरुले माग गरेपछि ५५ थान प्याडसहित प्राथमिक उपचारका सामग्री पनि उपलब्ध गराइएको छ ।
विद्यालयमै निःशुल्क रुपमा प्याड पाइने भएपछि विद्यालयमा अध्यनरत किशोरीहरु हर्षित भएका छन् ।





