काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेकाे खुल्ला मञ्चमा जेठ २८ बाट सुरु हुने जानकारी गराइएको हो ।
प्रतियाेगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गर्नेछ । प्रतियोगिताको अनुमानित लागत ८८ लाख रहेको र ८८ लाखमध्ये ३५ लाख राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराउनेछ भने बाँकी रकम महाकालीले प्रायोजक खोज्नुपर्नेछ।
प्रतियोगितामा सात प्रदेश र एक विभागीय टिम गरी कूल ८ महिला टिमको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् भने उत्कृष्ट खेलाडीले स्कुटर पाउने बताइएकाे छ ।






