पाथिभारा भलिबलको उपाधि पुलिसले क्लबलाई

काठमाडौँ, २६ बैशाख । नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै  तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा भएको फाइनल खेलमा आर्मीलाई ३-०ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

उपाधिसँगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सयसहित ट्रफि हात पारेको छ । उपविजेतामा चिक्त बुझाएको आर्मीले भने १ लाख ७६ हजार २५१ नगद प्राप्त गरेको छ ।

सेमिफाइनल पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०-५० हजार पाएका छन् ।त्यस्तै पुलिसका ओपन स्पाइकर कुल बहादुर थापा उत्कृष्ट खेलाडी घोषित भए ।

उनले १५ हजार नगद प्राप्त गरेका छन् । उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपकराज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए । उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट भए । विधागत उत्कृष्ट हुनेले जनही ७-७ हजार नगद प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने