काठमाडौँ हैजाका बिरामी भेटिए

काठमाडौँ, २४ बैशाख । काठमाडौँमा हैजाका बिरामी भेटिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार ताहाचलका ४१ वर्षका पुरुषमा हैजा भएको जनाएको छ ।

सामान्यतया हैजा बर्खा सुरु भएपछि साउन महिनापछि देखा पर्ने गरेकोमा यो वर्ष वैशाखको मध्यमै देखिएको हो । हैजा लागेपछि पातलो दिसा हुने र बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या देखिन सक्ने डाक्टरले बताएका छन् ।

अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलीचालीमा झाडापखाला (डाइरिया) भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक ब्याक्टेरिया जीवाणु देखियो भने त्यसलाई हैजा भनिन्छ।

हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराएर आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्