काठमाडौँ, २२ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तगर्तको खेलमा न्यु क्यासल युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्दै लिभरपुल शीर्षस्थनमा पुगेको छ ।
आइतबार बिहान भएको खेलमा युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–२ गोल अन्तरले विजयी भयो ।
योसँगै लिभरपुल २ अंकको अग्रताका साथ शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको ३७ खेलबाट ९४ अंक रहेको छ । सिटीले १ खेल कम खेलेर दोस्रो स्थानमा छ र सोमबार राति लेस्टर सिटीसँग खेल्दैछ । सिटीले लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ ।





