प्रेम बिहिन शिशिरको शिरेटो रोक्न
बाटो छेबै को बुकि फूलको झुलो निकाली
त्यो दिलको ढङ्शिलमा झुलो राखेर
यो दिलको ढङ्शिलले हिर्काई
दुई मुटुको सुल्पाको मुखमा
चाहानाको तमाखुको चिलिम राखी
धुवाउदै गरेको झुलोले सल्काएर
एक एक सर्को प्रेमको पालै पालो तानेर तातिने मन थियो,
के गर्नु, हिउले चिसिएको झुलो सल्किदै सल्किएन …
© के आर पाण्डुलिपि





