काठमाडौँ, १२ वैशाख । इण्डियन प्रिमियर लिगमा बुधबार रोयल च्यालेञ्जर्स बेंग्लोरले किंग्स इलेभेन पञ्जावमाथि १७ रनको जित निकालेको छ ।
बेंग्लोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।
२०३ रनको लक्ष्य पछ्याएको पञ्जाव २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनमा सिमित बन्यो । जितसँगै बेंग्लोरले ११ खेलबाट ८ अंक बनाउँदै पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ । यो जितका कारण बेंग्लोरको प्लेअफमा पुग्ने सम्भावना जिवित बनेको छ । पञ्जावको भने १० अंक छ ।




