आचार्यको ६२औं कृति ‘आफ्नै संसार’ उपन्यास लोकार्पण

काठमाडौँ, वैशाख । सर्जक पुष्पलता आचार्यको बैसठ्ठीऔं कृति ‘आफ्नै संसार’ उपन्यास लोकार्पण गरिएको छ ।

सोमवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित पाठक–स्रोताले उक्त कृति सम्वन्धी गरिएको प्रश्नबाट नौलो शैलीमा उहाँको कृतिको लोकार्पण गरिएको हो ।

वि.स. २०५१ मा सागर सन्ध्या आधुनिक गीतसङ्ग्रह स्रोतामाझ ल्याएदेखि हालसम्म उहाँका कथा सङ्ग्रह, गीतिकथा, संस्मरण, भजन, बालचित्र कथा, कविता सङ्ग्रह,उपन्यास, आधुनिक गीतसङ्ग्रहलगायत आफ्नै संसार उपन्यासहित बैसठ्ठी औं कृति बजारमा आएका छन् ।

कार्यक्रममा साहित्यकार एवं भ्रष्ट्राचार विरोधी कालो सुर्य अभियानका अभियन्ता भरत जङ्गमले सर्जक आचार्य निरन्तर कलम चलाउने साहित्यकार हुन्, भन्दै आफ्नै संसार उपन्यासमा यथार्थ र काल्पनीक विषय ५०/५० प्रतिशत नै रहेको बताउनुभयो ।

त्यसैगरी शैलेन्द्र साकारले स्रष्टा आचार्यले आफ्नो उमेरभन्दा पनि बढि कृति दिएर समाजका लागि योगदान दिनुभएको बताउनुभयो । साथै आफ्नै संसार उपन्यासलाई कथानक बनाउन पात्रमार्फत ज्यादै रोचक विषय पस्कन सफल भएको बताउनुभयो ।

चितवनको मुग्लिनमा स्कार्पियो गाडी ठोक्किएपछि सुरू भएको उपन्यास आखिरमा आध्यात्मतिर गएर टुङ्गिन्छ । त्यसबीच पाठकको ध्यानलाई खिचिरहन सक्ने गरी अहिलेको पुस्ताले मन पराउने रोमाञ्चकारी विषय समावेश गरिएको सर्जक आचार्यले बताउनुभयो । उहाँ भ्रमण गर्न औधि रूचाउनुहुन्छ । हालसम्म विश्वका १२ देशलगायत नेपालका धेरै स्थान पुग्दा आफुले लेख्ने विषय पनि भ्रमणकै अवसरमा पाउने अनुभव सुनाउनुभयो ।

एकल महिलाका लागि रातो अभियान चलाउनुहुने स्रष्ट्रा आचार्य पुस्तकालय, प्रतिक्षालय निर्माणका लागि सहयोग, गाउँसमाजका महिलाको जीवनस्तर उकास्न महिला समुहका लागि सहयोगका साथै समाजसेवामा पनि निरन्तर लागिरहने व्यक्तित्व हुनुहुन्छ ।

साहित्यका साथै गीतसङ्गीत, भजनलगायतका क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ भने थुपै्र सामाजिक सङ्घ संस्थामा रहेर काम गरिरहनुभएको छ । उहाँको क्षितिजपारी,वरको छायाँले, ताननसेन घमाईलोलगायत ३१ वटा गीति एल्वम, गंगा नेपाली, बज्रपात चलचित्र निर्माण पनि गर्नुभएको छ ।

Photo : Pratik Karki

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ