काठमाडौँ, ९ वैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज १६ खेल हुदैँछन् ।
सोमबार हुने आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ खेलहरुमा :
दाङको बेलझुण्डीमा एथ्लेटिक्सका विभिन्न प्रतिस्पर्धामा पुरुष महिलाको म्याराथनसंंगै ४ सय मिटर हडर्स, ८ सय मिटर दौडको फाईनल र ४ बाई सय मिटरको महिला पुरुषको फाईनल खेल हुनेछ ।
भैरहवाको ब्याडमिन्टन कभर्डहलमा तेक्वान्दोका खेल हुनेछन् ।
दाङको तुल्सीपुरस्थित कराँतेहलमा कराँतेको खेल सञ्चाल हुनेछन् ।
नेपालगञ्जको नगरभवनको हलमा भारोत्तोलनका अन्तिम दिनका खेलहरु हुनेछन् ।
बाँकेको खजुरा भलिवल एकेडेमीमा महिला र पुरुष भलिवलका खेलले निरन्तरता पाउनेछन् ।
नेपालगञ्ज कभर्डहल परिसरमा उसु, ह्यान्डबलका खेल हुनेछ ।
नेपालगञ्जकै महेन्द्र रंगशालामा आईटिएफ तेक्वान्दो र सुटिङरेञ्जमा सुटिङका खेल हुनेछन् ।
नेपालगञ्जस्थित जुडो हलमा जिम्न्याष्टिकको खेल हुनेछन् ।
बुटबलमा सफ्ट टेनिसमा हुदाँ कोहलपुर, लमही र रुपन्देहीमा क्रिकेटका खेल हुनेछन् ।
बर्दियामै खोखोका बाँकी खेल सञ्चालन गरिदाँ नेपालगञ्जमा पौडी र पोखरामा प्याराग्लाईडिङका बाँकी खेल चल्नेछन् । बर्दियामा सेपाकताक्रोको सेमिफाईनलका खेल हुनेछन् ।






