इन्डियन प्रिमियर लिग : बेंग्लोरसँग चेन्नइ एक रनले पराजित

काठमाडौँ, ९ वैशाख । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरले शीर्ष स्थानको चेन्नेइमाथि एक रनको रोमाञ्चक जित हात निकालेको छ ।
आइतबार राति बेंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६१ रन बनायो । उसका लागि ओपनर पार्थिव पटेलले ५९ रन बनाए भने एवी डिभिलिर्सले २५ तथा मोयन अलीले २६ रनको योगदान गरे ।

जवाफमा चेन्नेइ २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ६० रनमा रोकियो । उसका लागि अम्बाती राइडुले २९ तथा कप्तान महेन्द्रसिंह धोनीले ८४ रन बनाए । यस्तै रविन्द्र जडेजाले ११ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस