बाँके, ६ बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय टोली एपीएफको महिला र पुरुष दुवै टिमले जित हात पारेका छन् ।
खजुरास्थित भलिबल एकेडेमीमा भएको खेलमा महिलातर्फ एपीएफले प्रदेश नम्बर ४ लाई तथा पुरुषतर्फ प्रदेश ५ लाई समान ३-० को सेटमा पराजित गर्दै जीत हासिल गरेको हो । एपीएफको महिला टोलीले प्रदेश १ लाई २५-४, २५-९, २५-१० को सेटमा हरायो ।
यस्तै एपीएफको पुरुष टिमले प्रदेश ५ लाई २५-८, २५-२१, २५-२१ ले हरायो । पुरुषतर्फकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले पहिलो सेट गुमाएपनि गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्यो ।
पहिलो सेट २२-२५ ले गुमाएको आर्मीले त्यसपछि गण्डकीलाई २५-१८, २५-२१, २५-१४ ले पराजित गर्यो । महिलातर्फको अर्को खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर २ लाई २५-९,२५-७, २५-१३ ले हरायो ।






