हैदरावादले चेन्नईलाई ६ विकेटले पराजित

काठमाडौँ, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

हैदरावादको राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर फिल्डिंग पाएकोमा १ सय ३३ रनको सामान्य लक्ष्य पाएको हैदरावादले १६।५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । निर्धारित २० ओभरमा चेन्नईले ५ विकेट गुमाउदै १ सय ३२ रन बनाएको थियो ।

जोनी बेयरस्ट्रोले ६१ रनमा अविजित रहे भने वार्नरले ५० रन बनाए । कप्तान केन विलियम्सन ३, विजय शंकर ७ र दिपक हुड्डा १३ रनमा आउट भए । चेन्नईका लागि ईमरान ताहिरले २, दिपक चाहर र करन शर्माले समान १ विकेट लिए ।

चेन्नईका ओपनर फाफ डु प्लेसिसले ४५ रन बनाए । अर्का ओपनर शेन वाटशनले ३१ रन बनाएर । दुवैले ७९ रनको साझेदारी गरे ।

महेन्द्र सिंह धोनीलाई आराम दिएको बेला क्पतानी पाएका सुरेश रैना १३ रन जोडे । केदार जाधव १, आम्बाती रायुडु २५ र रविन्द्र जडेजा १० रन बनाएर अविजित रहे । हैदरावादका लागि राशिद खानले २, सहवाज नदीम, खलिल अहमद र विजय शंकरले समान एक विकेट लिए।
योसँगै ८ खेलमा ४ जितेको हैदरावाद ८ सहित पाँचौ स्थानमा उक्लिएको छ भने ९ खेलमा ७ जितेको चेन्नई १४ अंकसहित शीर्ष स्थान मै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा