यू–१९ विश्वकप छनोट : मलेसियालाई नेपालले सस्तैमा समेट्यो

काठमाडौँ, २ वैशाख । आईसीसी यू–१९ विश्वकपका लागि भइरहेको एसियन छनोटको तेस्रो खेलमा नेपालले ९३ चुनौती पाएको छ ।

नेपालले टस जितेर पहिले बलिङ गरेपछि व्याटिङमा आएको मलेसिलायले घरेलु मैदानमा ३३ ओभर पाँच बलमा सबै विकेट गुमाएर ९२ रनमात्रै बनाउन सक्यो। मलेसियाका लागि सर्वाधिक रन इजाज डानिएलले ३७ रन बनाए ।

त्यस्तै मोहमम्द अमिरले १३ रन र हाकिम हरिसनको १० रन बाहेक अन्य कुनै व्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन् । मलेसियालाई सस्तैमा समेटन कुसल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएइसँग १ रनले पराजित भएको थियो । युएइसँगको हारसँगै नेपालको विश्वकप छनोटको संभावना कमजोर भएको छ । यद्यपि कुनै खेलमा युएइ पराजित भएको खण्डमा भने नेपालको संभावना खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate