नेपालद्वारा सिङ्गापुरलाई २८३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २९ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २८३ रनको लक्ष्य प्रस्तुत दिएको छ ।

पहिलो विकेट तीन रन हुँदा रित गौतमलाई गुमाएको नेपालले दोस्रो विकेट १८ रन हुँदा आशिफ शेखलाई गुमाएको थियो । योसँगै दबावमा नेपाल आएको थियो । तर, तेस्रो विकेटका लागि सन्दीप जोरा र रोहितकुमार पौडेलले ९० रनको साझेदारी गर्दै उकासेका थिए । १०८ रन हुँदा तेस्रो विकेटको रुपमा पवन सर्राफ ब्यक्तिगत ४७ रन बनाएर आउट भए ।

त्यस्तै, रोहितले भीम सार्कीसँग मिलेर ३६ रनको साझेदारी गर्दा नेपालको स्कोर १४४ रन पुगेको थियो भने पाँच विकेट पतन भएको थियो । भीम सार्की २६ रनमा आउट भए । रोहितले एकल ९३ रनमा आउट भए । नेपाल ४५ ओभरमा अल आउट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह