आईपीएल : मुम्बईले पन्जाबलाई ३ विकेटले हरायो

काठमाडौँ, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई ३ विकेटले हराएको छ ।

टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । १९८ रनको विजय लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा भेटायो ।

मुम्बईको जितमा किरोन पोलार्डले ३१ बलमा ८३ रन योगदान गरे । यसअघि पन्जाबका लोकेश राहुलले शतकीय पारी खेलेका थिए । उनले ६४ बलमा ६ चौका र ६ छक्काको मद्दतमा अविजित १०० रन बनाएका थिए । आईपीएलमा उनको यो पहिलो शतक हो । राहुलले १२।५ ओभरमा ११६ रनको साझेदारी गरे ।

डेभिड मिलर ७, करुण नायक ५ र सेम कुर्रन ८ रनमा आउट भए । तर, म्याचको अन्तिम तिर राहुलले पन्जाबको स्कोर २० ओभरमा १९७ रनसम्म पुगाए । राहुलसँगै मन्दिप सिंह ७ रनमा अविजित रहे ।

मुम्बईको तर्फबाट हार्दिक पाण्ड्याले दुई विकेट लिए । यद्यपि उनी महंगा बलर बने । उनले ४ ओभरमा ५७ रन दिए । उनका अलावा जेसन र जसप्रतले पनि एक-एक विकेट लिए ।

यो जितसँगै मुम्बई ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । ७ खेलबाट ८ अंक जोडेको पन्जाब तालिकाको चौथो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह