एजेन्सी, २७ चैत । इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटमा कोलकतामाथि चेन्नईले शानदार जित हासिल गरेको छ ।
मंगलबार राती भएको भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै शीर्षस्थान ओगेट्न सफल भएको छ ।
कोलकताले दिएको १ सय ९ रनको झीनो लक्ष्य चेन्नईले १७।२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित बनाएको हो । कोलकत्तालाई दीपक चाहरले २० रन दिएर तीन विकेट लिए ।
चेन्नईको जितमा फाफ डु प्लेसिसले ४५ बलमा ३ चौका सहित ४३ र केदार जाधव ८ रनमा अविजित रहे । ओपनर शेन वाटशनले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनको योगदान दिए ।
चेन्नईका बलर दिपक चाहरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २१ रन खर्चेर २, हरभजन सिंहले ४ ओभरमा १५ रन खर्चेर २ र रविन्द्र जेडेजाको नाममा १ विकेट रह्यो ।






