रोयल्समाथि शानदार जित निकाल्दै कोलकाता शीर्षस्थानमा

काठमाडौँ, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकता नाइट राइडर्सले राजस्थानलाई ८ विकेटले हराउँदै शानदार जित निकालेको हो ।

आइतवार राती सम्पन्न खेलमा १ सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकताले १३.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । टस हारेर ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३९ बनाएको थियो ।

कोलकतालाई सहज जित दिलाउनका लागि ओपनर क्रिस लीनले ३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडे । अर्का ओपनर सुनिल नारायणले ४७ रन जोड्न सफल भए । उनले २५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४७ बनाए । त्यस्तै रोबिन उथप्पा २६ र शुभ्मन गिल ६ रनमा नट आउट रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । राजस्थानका लागि स्टिभ स्मिथले ५९ बलमा ७ चौका र १ प्रहार गर्दै ७३ रन बनाएका थिए ।

ओपनर जस बटलरले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा आउट भए । कप्तान अजिंक्या रहाणे ५ र राहुल त्रिपाठ्ठी ६ रनमा आउट भए । कोलकताका ह्यारी गर्नीले २ र प्रसिद्ध कृष्णाले १ विकेट लिए ।

योसँगै कोलकताले ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्स ५ खेलमा ४ मा जित र १ मा हार ब्यहोरेको छ । सनराइजर्स हैदरावाद ५ खेलमा ३ मा जित र २ मा हारका साथ तेस्रो स्थान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate