काठमाडौँ, १९ चैत । चित्रकुमार स्मृति भेट्रान कप सेभेन ए साइड फुटबल प्रतियोगिता बैशाख ९ गतेदेखि हुने भएको छ ।
बौद्ध टुसालस्थित टाउन प्लानिङको मैदानमा हुने खेलमा मोफसलका ४ सहित २० टिमको सहभागिता रहने भएका छन् ।
आयोजक चित्रकुमार भेट्रान समूहका अध्यक्ष सुरज लामाका अनुसार प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहको नकआउट प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेताललाई ७५ हजार नगद पुरस्कार रहेको जनाएको छ ।
उक्त खेलको फाइनल भने बैशाख १४ गते हुनेछ ।






