काठमाडौँ, १३ फागुन । पशुपति निर्माण सामाग्री ब्यापार संघ, कागेश्वरी मनोहरा नगरपालिका–९ कांडाघारीले रामेछापको खांडादेवी मन्दिर प्राङ्गणमा लगेर संघको पाँचौं साधारण सभा सम्पन्न गरेको छ । पाँचौं साधारण सभाले खुस बहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ्ग, प्रथम उपाध्यक्षमा संजय कार्की, द्वितीय उपाध्यक्षमा चुन बहादुर खत्री, महासचिबमा भबिन्द्र फुँयाल,सचिबमा शंकर फुयाल, कोषाध्यक्षमा प्रदिप भण्डारी, सह—कोषाध्यक्षमा दिनेश कार्की सदस्यहरुमा छबिलाल पोखरेल, राम फुयाल र प्रतिक श्रेष्ठ छन । साधारण सभाले संघको संरक्षकमा शिव बहादुर कार्की तथा सल्लाहकारहरु डोर बहादुर भण्डारी र लाल कुमार बुढाथोकीलाई मनोनित गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष शिब बहादुर कार्कीले देशभरका निमार्ण व्यवसायीहरु एक भएमा जस्तोसुकै चुनौतीलाई चिर्न सक्ने बताउँदै एकताबद्व भएर अधि बढ्नको बिकल्प नभएको कार्कीको भनाई थियो । संघ निर्माण सामाग्री ब्यापार क्षेत्रको राजस्व,रोजगारी, लगानी र पूर्वाधार बिकासमा लागि परेको छ ।
कार्यक्रममा खांडादेवी गाँउपालिकाको उपप्रमुख मखमलि श्रेष्ठले रामेछाप जिल्लाबाट गएर राजधानीमा केन्द्रित भएर व्यवसाय गर्ने व्यवसायीहरुलाई गांउपालिकामा ब्यवसाय दर्ता गरेमा ५ लाख अनुदान दिने घोषणा गर्दा पनि कोहि नआएको दुखेसो गर्दै स्थानीय तहमा ब्यवसाय गर्न आउन आग्रह पनि गरीन । उनले खांडादेवी मन्दिरमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले केवलकार निमार्णको डिपिआर तयार भईसकेको पनि बताइन ।
कार्यक्रममा खांडादेवी गांउपालिका वडा ६ का अध्यक्ष पुष्कर कार्की, नेपाल निमार्ण सामाग्री ब्यापार संघका अध्यक्ष अचुत्तम के.सी, ललितपुर निर्माण सामाग्री व्यापार संघका अध्यक्ष पे्रमलाल मर्हजन, कागेश्वरी मनोहरा नगरपालिका–७ का वडा अध्यक्ष जिवन थापा, सदस्य सहदेब कार्की, कागेश्वरी मनोहरा नगरपालिका–९ का सदस्य डोलनाथ पोखरेल अतिथि रहेको थिए भने सदस्यहरु सहभागी थिए ।







