नेकपा बैठकमा कार्यदलले एक साताको समय माग्यो

काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले थप एक हप्ताको समय माग गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयसहितको संयुक्त बैठकमा एकीकरणका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरेको जनाएको छ ।

उक्त बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो प्रतिवेदनका सम्बन्धमा आआफ्ना विचार राखेको जनाएको छ ।

सचिवालयसहितको संयुक्त बैठकले विभिन्न कारणले काम गर्न नसकिएको भन्दै तल्ला कमिटी एकता गर्न गठित कार्यदलले अन्तिम प्रतिवेदन तयार गर्न एक साताको समय मागेको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलको प्रतिवेदन सँगै सबै सदस्यहरुबीच छलफल भए पनि कार्यदललाई म्याद थप गर्ने निर्णय भैनसककेकाले शुक्रबार पुन बैठक बस्ने जानकारी दिएक छन  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान