काठमाडौ, ८ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता छाडन नहुने बताएका छन ।
बुधबार गृहमन्त्रालय स्तरीय निर्णयबाट बढुवा भएका १३ एसपी र २६ डीएसपीलाई दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमान्दारितासहित सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का हुन आग्रह गरेका छन ।
महानिरीक्षक खनालले संगठनलाई पुर्याएको योगदान, व्यवसायिकता र प्रहरी नियमावलीको प्रावधानको आधारमानै प्रहरी अधिकारीको बढुवा भएको दाबी गरेका छन् ।





