प्रम ओलीले सुदूरपश्चिम प्रदेश सभामा आज विशेष सम्बोधन गर्दै

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरबाट सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

बिशेष कार्यक्रमका लागि मंगलबार नै धागढी पुग्नुभएका ओलीले आज बिहान सुदुरपश्चिको संसदमा सम्बोधन गर्नुहुने भएको हो । प्रधानमन्त्री ओलीलाई सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा र मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत गर्नुभएको छ ।

आजको बैठक आरम्भ भएपछि सभामुख थापाले विशेष सम्बोधनका लागि प्रधानमन्त्री आग्रह गर्नुहुने तालिका निर्धारण गरिएको छ । यो कार्यक्रमको समापनपछि प्रधानमन्त्री ओलीले धनगढीमै हुने नेकपाको कर्यकर्ता हरुको भेलालाई सम्बोधन गर्नुहुने भएको छ । यसका लागि नेकपाका शिर्ष नेताहरुपनि धनगढी पुग्नु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल लगायत नेताहरु धनगढी पुग्नु भएको छ ।

उता प्रधानमन्त्री ओलीसँगै महासचिव पौडेल, उर्जामन्त्री वर्षमान पुन, भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ पनि धनढी आईपुगीसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान