कमिशन, घुसखोरी तथा भ्रष्टाचार एक रुपौंया पनि सहन्नौं : सांसद बस्नेत

भक्तपुर, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकासका नाममा कमिशन, घुसखोरी तथा भ्रष्टाचार एक रुपौंया पनि सहन नसकिने बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ३ को च्वामुको उकालो बाटो ढलान तथा बाटो विस्तारको शिलान्यास गर्दै सांसद बस्नेतले वर्तमान सरकारको शुन्य सहनशिलता तथा भ्रष्टाचार मूक्त बनाउनु मूख्य अभियान भएको बताउँदै उहाँले आर्थिक पारदर्शिता र विकास निर्माणमा लगनशिलता अपरिहार्यता रहेको बताउनुभयो । उहाँले जहाँ भ्रष्टाचार, कमिशन तथा घुसखोरी त्यहाँ कसैको अनुहार नहेरी तुरुन्तै कारवाही गर्ने सरकारले अभियान नै सञ्चालन गरेको बताउँदै आगामी दिनमा यस्ता घृणीत कार्य गर्नेको दिनगन्ती शुरु हुने बताउनुभयो ।

उहाँले नेकपा र कांग्रेसको सहकार्य विना मूलुकको समृद्धि नहुने भन्दै विकासमा सहकार्य र राजनीतिमा प्रतिपर्धा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विकासका सन्दर्भमा कांग्रेसका केही नेताले राजनीतिक मुद्धा बनाउने प्रयास गरेको त्यो धेरै दिन नटिक्ने बताउँदै विकासको गतिलाई सके सहयोग गर्न र नसके असहयोग नगर्न केही कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुरमा कांग्रेस नै भए पनि विकास निर्माण गर्ने जिम्मा लिनुहोस् हामी दिन तयार छौं ।’

जनताको सेवा गर्ने पवित्र भावना भएमा चुनावमा हार र जीतमा कुनै भिन्नता नरहुने बताउँदै सांसद बस्नेतले सूर्यविनायक नगरपालिकाले आफ्नो बजेट भन्दा करिव ७० प्रतिशत बढी काम गर्ने गरेको जानकारी गराउनुभयो । उहाँले नगरपालिकाको ल्याएको ४० र ६० को साझोदारी कार्यक्रमले जनप्रतिनिधि तथा जनताको सहकार्य अझ व्यापक हुँदै गएको समेत बताउनुभयो ।

भक्तपुरमा विकासको गतिले व्यापकता पाएको बताउँदै उहाँले दक्षिण वाराहीबाट लुभु जाने सडक रु पाँच करोडमा टेण्डर भइसकेको, चारदोवाटोदेखि बालकोट जाने सडक चार करोड विनियोजित भई टेण्डर भइसकेको, गणेश प्रावि हुँदै लुभु जाने सडक निर्माणको प्रकृया अघि बढेको, पार्क, सामुदायीक भवन तथा खानेपानी टेङ्की लगायतका विकास निर्माणका कार्यहरु भइरहेको जानकारी गराउनुभयो ।

यो वर्षमा मात्र ३० किमि सडक पिच हुने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले उक्त च्वामुको उकालो बाटो ढलान तथा बाटो विस्तारको लागि रु २५ लाख विनियोजित गरेको बताउनुभयो ।

स्थानीय जनताको साथ र सहयोग नै हनुमन्ते नदीको कोरिडोर निर्माणले तिव्रता पाएको बताउँदै उहाँले करिडोरको साथ साथै नदीमा ढल निर्माणको प्रकृया समेत सँग सँगै अघि बढेको जानकारी गराउनुभयो । उहाँले विकास निर्माणको कार्य गर्दा सामान्य विवाद आए पनि आपसी छलफल तथा संवादको माध्यमबाट हल गर्नु पर्ने भन्दै हनुमन्ते नदीमा निर्माणाधिन रहेको करिडोरमा भएको स्थानीयवासीको समस्या जग्गा एकिकरणको माध्यमबाट समाधान भएको समेत बताउनुभयो ।

सांसद बस्नेतले भक्तपुरमा आगामी दिनमा आर्थिक अभावका कारण विकास निर्माणका कार्यहरु नरोकीने बताउँदै राष्ट्रिय गौरवका आयोजनाहरु भक्तपुरमा ल्याउन सक्ने ऐतिहासिक उपलब्धी भएको बताउनुभयो । उहाँले जनचाहना अनुसार अन्तर्राष्ट्रिय रंगशाला, राष्ट्रिय प्राणी उद्यान केन्द्र, वीर अस्पताल, आधुनिक सभागृह, सुरुङ मार्ग लगायतका विकास निर्माण कार्य सम्पन्न गराउन अहिले सवै राजनीतिक दल, जनप्रतिनिधि तथा जनता एक ढिक्का भई लाग्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

भक्तपुरमा संचालनमा रहेका हनुमन्ते नदी सफाई तथा राजमार्ग सफाई अभियानको माध्यमबाट केवल प्लास्टिक तथा फोहोर टिप्न मात्र नभई भक्तपुरमा भएका विकृति तथा विसंगतिको अन्त्य गराउन अनुगमन तथा कामको मूल्याङ्कनलाई विशेष प्राथमिकतामा राखेको समेत जानकारी गराउनुभयो । उहाँले सफाई अभियानबाट नै भक्तपुरका जनप्रतिनिधि र जनताबीच हातेमालो, भातृत्व तथा सहकार्य अझ बढी प्रगाढ भएको बताँउदै अभियानले भक्तपुरमा हुने विभिन्न प्रकारका दुर्घटना, हिंसा न्युनिकरण गर्दै जनचेतनामूलक कार्यहरु अघि बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार