अख्तियारका आयुक्त पाठकलाई महाअभियोग लगाउनुपर्छ : अध्यक्ष पौडेल

काठमाडौँ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई संसदबाट महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ ।

आज संघको केन्द्रीय कार्यालयमा आफ्नो कार्यकर्तासँग भएको छलफलमा अध्यक्ष पौडेलले अख्तियारका आयुक्त पाठकले विशेषत शैक्षिक क्षेत्रका मुद्धालाई मिलाउने नाममा दालली तथा भ्रष्टचार गर्ने गरेको कुरा जानकारी विशेष सूचना प्राप्त भएको भन्दै यस्ता घृणीत कार्य गर्नु देशकै लागि ठूलो घातक हुने बताउनुभयो ।

देशलाई भ्रष्टाचारमुक्त गराउने मूख्य जिम्मा पाएको अख्तियार जस्तो जिम्मेवार कार्यालयका आयुक्तले नै भ्रष्टाचार तथा दलाली गर्नु दुःखद् भएको बताउँदै उहाँले आयुक्त पाठक लोकमान सिंह कार्कीका एक विश्वास पात्र भएको र उनकै अवशेषका रुपमा काम गरेको समेत बताउनुभयो ।

वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति लिएको बताउँदै अध्यक्ष पौडेलले जो रक्षक उही भक्षक भएको जस्तो देखिएकाले निज आयुक्त पाठकलाई तत्काल महाअभियोग लगाई हटाउनुको अर्को कुनै विकल्प नभएको बताउनुभयो । युवा संघले विगतमा पनि भ्रष्टाचार विरुद्ध विभिन्न प्रकारका अभियानहरु सञ्चालन गरी भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन सफल भएको बताउँदै आयुक्त पाठकलाई कुनैपनि हालतमा महाअभियोग लगाई कानुनी उपचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वर्तमान सरकारले आम नेपाली युवा तथा विद्यार्थीको विश्वासमात्र जीतेको नभई सरकारको एकवर्षको कार्यकालले आम नेपालीको भाग्य र भविष्यको आधार समेत सिर्जना गरेको बताउँदै उहाँले नेपाली जनतामा आशा, विश्वास र उर्जाको केन्द्रको रुपमा सरकारले नीति तथा कार्यक्रमहरु द्रुत गतिमा अघि बढाएको बताउनुभयो ।

सरकारले सम्पूर्ण क्षेत्रमा नयाँ उत्साहका साथ ऐतिहासिक कामहरुको शुरुवात हुँदै गएको आम जनताको माँझ छर्लङ्ग भएको बताउँदै अध्यक्ष पौडेलले सरकारद्वारा घोषणा गरिएका काहरुले समाजवादको आधार तयार भइरहेको समेत जनाउनुभयो ।

अहिलेको लडाई भनेको देशलाई विकास गरौं र यथास्थितीमै राखौं भन्नेबीचको अन्तरविरोध भएको बताउँदै उहाँले देश विकास र मुलुकलाई नयाँ दिशामा लैजाने शक्तिले सहजै रुपमा जित्ने समेत बताउनुभयो । नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम देश र जनताको पक्षमा रहेको भन्दै उहाँले प्रतिकृयावादीहरुलाई परास्त गर्दै मुलुकलाई समृद्ध बनाउने बताउनुभयो ।

अध्यक्ष पौडेलले वर्तमान सरकारको राम्रो काम देखेर आत्तिएका प्रतिकृयावादीहरुले यो वा त्यो वहानामा सरकारको विरुद्ध स्यालहुँईया चलाएको बताउनुभयो । उहाँले त्यस्ता स्यालहुँईया चलाउनेको विरुद्धमा आम नेपाली युवा तथा विद्यार्थीहरुले प्रतिरोध गर्नुपर्ने समेत बताउनुभयो ।

अख्तियारका आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने बहानामा एक पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विवरण मिडियाहरूमार्फत सार्वजनिक भएको छ। उनले घुस लिएको भिडियो घुस दिने पक्षले मिडिया, सुरक्षा निकाय तथा राजनीतिज्ञहरूलाई उपलब्ध गराएको विवरण सार्वजनिक थियो।

आयुक्त पाठकले ठुलो रकम घुस लिएको भिडियो अख्तियार र सत्तारुढ दलका नेतासम्म पुगेपछि यो प्रकरण बाहिर आएको हो।  अख्तियारका अधिकारी, सत्तारुढ दलका नेता र सांसदहरुले समेत करिब ९ घण्टाको भिडियो हेरेर पाठकले घुस नै लिएको निचोड निकालेका छन्। पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ।

पाठकले घुस लिए पनि काम नगरिदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै पैसा दिने पक्षले भिडियो मिडिया तथा अन्य निकायमा उपलब्ध गराएको समाचारहरूमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार