एक वर्षे कार्यकालमा समृद्धिको आधार तयार भयो : प्रधानमन्त्री ओली

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट निर्माणको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको बताएका छन् ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश समृद्धिको बाटोमा हिँडिसकेको बताउदै यो एक वर्षमा समृद्धिको आधार तय भएको बताएका हुन ।

उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताए ।

प्रधानमन्त्रीले २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वाताबरणका लागि ऐन परिमार्जनको तयारी भएको बताएका छन् ।

त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा, लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको र ८७ वटा पुल, ४१७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई  रहेको छ ।

प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध रहेको भन्दै कसैले अधिनायकवाद भनेर प्रचार गर्दै हिँड्नुलाई ध्यान बराल्ने काम बाहेक केही नभएको बताए । ‘अहिले लोकतन्त्र फैलिएको र फैलिदैँ गएको अवस्थामा छ, कसैले फैलदै गरेको लोकतन्त्र खुम्चिएको देख्छ भने त्यसको दृष्टिदोष मात्रै हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार