सुख प्राप्ति मानिसको अन्तिम उद्धेश्य हो : प्रधानमन्त्री ओली

काठमाण्डौ, २ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुख प्राप्ति मानिसको अन्तिम उद्धेश्य रहेको बताएका छन ।

बिहीबार जनताको जलविद्युत कार्यक्रमको उद्घाटन गर्दै उनले हरेकले समृद्धि र सुखी हुन चाहने र त्यसैका लागि दिनरात मेहनत गर्ने बताएका छन ।

‘हरेकले समृद्धि चाहन्छ, हरेक सुखी हुन खोज्छ । सुख प्राप्ति मानिसको अन्तिम उद्धेश्य हो ।’ उनले भने, हरेक व्यक्तिको प्रयास र संघर्ष सुख प्राप्तिकै लागि हुने गर्छ, अहिले सरकारले पनि त्यसैगरी संघर्ष गरिरहेको छ, मेहनत गरिरहेको छ ।’

‘यो बौद्धिक उचाइसँग पनि हैरान भइयो,’ उहाँले भन्नुभयो, ‘तीनतासेले तास फिटेको भन्दा कुरा फिटेको देख्दा अचम्म लाग्छ ।’ यो पहिलो वर्षलाई सरकारले आधार वर्ष मानेको भन्दै उनले भने, ‘यस्तो मजबुत आधार बनाएको छ कि २र४ तले होइन, हजार तले घर बनाए पनि थाम्छ ।’

प्रधानमन्त्री ओलीले एक वर्षमा इतिहासमै कहिल्यै नभएको काम भएको दाबी  गर्दै उनले भने, ‘यो एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिका साथ काम भएको छ, उपलब्धी भएको छ ।’

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नारा तय गरिए अन्तरगत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको जनाएका छन ।

मन्त्रालयका अनुसार आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत सेयर तथा संस्थापकतर्फ ५१ सेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको छ । यो कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताका १९ वटा विद्युत आयोजना छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार