काठमाडौँ, २ फागुन । एक पछि अर्को विकासमा फड्को मार्दै अघि बढेको सरहकारले आज एकै दिनमा दुई ठूला परियोजनाको शुरुवात गर्दै छ । यसैक्रममा सरकारले बुधबारमात्रै रोजगारीको ग्यारेण्टी गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ ।
प्रधानमन्त्री ओलीले दुर्बै कार्यक्रममाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । नेपालमा पानी जाहजको सम्भावना छ र भन्नेहरुका लागि सरकारले आजबाट पानीजाहज कार्यालय स्थापना तथा जनताको जलविद्युत आयोजना समेत आजै उद्घाटन हुँदै छ ।
नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी भन्ने नाराका साथ सरकारले जनताको जनविद्युत आयोजना कार्यक्रमको शुभारम्भ हुने भएको छ ।
नेपालको प्रमुख नदीहरुमा पानी जाहाजको सम्भाव्यतासमेत अध्ययनको प्रकृया अघि बढीसकेको छ । नेपालका ठूला नदीहरु कोशी, बागमती, नारायणी, राप्ती र कर्णालीमा पानी जाहाजको सम्भाव्यता अध्ययन प्रकृया शुरु भैसकेको छ ।
धानमन्त्री ओलीले बिहान १० बजे ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको र काठमाडौँको राष्ट्रिय सभागृहमा साढे १० बजे जनताको जलविद्युत आयोजना कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका छ ।
‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा तय गरिएको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रममा नागरिकको छरिएर रहेको पूँजी परिचालन गर्ने सरकारको योजना छ । आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत सेयर तथा प्रभावित क्षेत्रका नागरिकको १० प्रतिशत सेयर रहने गरी कानुनी व्यवस्था गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।







