डीपीएल क्रिकेटको पहिलो खेलमाकाठमाडौं विजयी

काठमाडौं, २८ माघ । तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेट पहिलो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आज बिहान ९ बजे भएको खेलमा काठमाडौं गोल्डेन्सले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो ।

१३३ रनको मध्यम चुनौती पछ्याएको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा लक्ष्य भेट्टायो । काठमाडौंका लागि महबुब आलम र बिक्रम भुसालले २.५ ओभरमा २९ रनको साझेदारी गर्दै विजयी भएको छन ।

काठमाडौंका लागि अंकित दबासले २८, गौरब तोमरले २८ र अनिलकुमार शाहले २४ रन बनाए । धनगढीका रोहन मुस्ताफाले चार विकेट लिए पनि टीमलाई जित दिलाउन सकेनन् ।

आजै दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच १ बजेबाट सुरु भएको छ ।  सर्वाधिक पुरस्कार राशीको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले