चेल्सीले हर्डल्सफिल्डलाई ५ शून्यले हरायो

एजेन्सी, २० माघ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले हर्डल्सफिल्ड विरुद्ध ५ शून्यको जित हासिल गरेको छ  ।

शनिबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा पहिलो खेल खेलेका गोञ्जालो हिगुइन र इडेन हाजार्डले दुई गोल गरेका थिए ।

चेल्सीले हर्डल्सफिल्ड विरुद्ध खेलको १६ औं मिनेटमा गोञ्जालो हिगुइनले पहिलो गोल गरे । यसै महिना सिरी ए क्लब युभेन्टसबाट प्रिमियर लिगमा आएका हिगुइनले पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको अन्तिम तिर चेल्सीले पाएको पेनाल्टीलाई इडेन हाजार्डले गोल गर्दै अग्रता दुई शून्यमा पुर्‍यायाे ।

पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा दुई गोल थप्यो । ६६ औं मिनेटमा फेरि इडेन हाजार्डले टिमका लागि गोल गरे ।

त्यसको तीन मिनेटपछि फेरि चेल्सीले चौथो गोल गरेसगै ८६ औं मिनेटमा डेविड लुइजले गोल गर्दै टिमको अग्रता ५ शुन्यमा पुर्‍यायाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा