कुर्सी नपाउँदा भौंतारिएको कांग्रेस : आन्दोलनको नाममा अलोकतान्त्रिक चुरिफुरी

काठमाडौँ, १३ माघ । नेपालको इतिहासमा प्रधानमन्त्रीको कुर्सीमा मात्र बस्ने पल्किएको प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी सरकार बनेपछि भौतारिएको छ । कांग्रेस भौतारिनुमात्र नभई पछिल्लो समयको उसको व्यवहारले केही समयमा नै जनताको माझमा नुन खाएको कुखुरो झैं हुने लगभग निश्चित देखिएको छ ।

सरकार विरोधी गतिविधिमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत भएको नेपाली कांग्रसले राष्ट्र र राष्ट्रियताको पक्षमा भन्दा पनि विभिन्न बहानामा सरकार विरोधी गतिविधिको प्रपोकाण्डा मच्चाउनमा नै व्यस्था रहेको छ ।

आफ्नो राजनीतिक विरासत थाम्न कहिले डा. गोविन्द केसीलाई अनसनमा बसाउँछ त कहिले आफ्ना नेतृत्वको नाममा रहेको लथालिङ्ग अस्पताललाई प्रदेश मातहतमा चलाउने सरकारको निर्णयलाई सडक तथा सदनमा घुम्ने लागेको खसी जस्तै वरिपरि घुम्दै कराउने गर्छ । त्यती मात्र नभई देशको सर्वोच्चता रहेको सदनमा समेत रणभूमिको बाटो अवलम्बन गर्छ ।

त्यस्तै लाखौं नेपालीको युवा तथा विद्यार्थीको भाग्य र भविष्यसँग जोडिएको राष्ट्रिय शिक्षा विधेयक २०७५ को विरोधमा संसदमा करिव मुडभेडको बाटो समेत अवलम्बन गरेको छ । डा. केसीसँग भएको अधिनायकवादी शैलिलाई जस्ताको तस्तै विधेयक प्रस्तुत गर्न आन्दोलन गर्छ नेपाली कांग्रेस । आखिर के स्वार्थ छ कांग्रेसमा ? यसको सहजै उत्तर हो, प्रधानमन्त्रीको कुर्सीभन्दा बाहिर बस्नु पर्ने अवस्था ।

कांग्रेसमा कहाँ रहयो लोकतान्त्रीक पद्धति ? कहाँ हरायो राष्ट्रियताको भाव ? आफैले संसदिय पद्धतिलाई सर्वोच्चताको पक्षमा वकालत गरी स्थापीत संसदिय पद्धति कहाँ गयो कांग्रेसमा ? सदनबाट बहुमतले पारित गरेको निर्णय नै अन्तिम हुने बताउने कांग्रेसले आज चिकित्सा विधेयक बहुमतले पारीत गर्दा किन आन्दोलनको चुरिफुरी ?

डा. केसीको नाममा किन गर्दैछ कांग्रेसले राजनीति यो आम नेपाली जनताले प्रत्यक्ष रुपमा नियालीरहेका छन् । त्यसमा किन बन्दैछन् डा. केसी राजनीतिक गोटी ? आखिर उनको अनसनका विरुद्ध लाखौं नेपाली जनता सडकमा उर्लिएका छन्, सदनबाट युवा तथा विद्यार्थीको भाग्य र भविष्य कोर्ने विधेयक बहुमतले पारित भइसकेको छ ।

यतिमात्र होइन कांग्रेसले आफ्ना जनवर्गिय संगठनलाई सडकमा उतारी राष्ट्र र राष्ट्रियताको विपक्षमा अनावश्यक दुःख दिन समेत शुरु गरेको छ । सडक आन्दोलनको नाममा गैरजिम्मेवारीपन त छदैछ, त्यतीमात्र नभई सडक तथा सदनमा गरिएको आनदोलनका क्रममा प्रयोग हुने शब्द र व्यवहार समेत पटमुर्खता नै झल्काउने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल विद्युत प्राधिकारणले सोमबार साँझसम्म २५ वटा उद्योगको लाइन काटिएको जनाएको छ । लाइन नकाट्दा ती उद्योगले

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका

काठमाडौँ, १० कार्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान