२२० पदक पाउने गरि ट्रिटनमा खेल महोत्सव

काठमाडौं, ८ माघ । सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कूलका सबै विद्यार्थीवीच साना ठूला गरि विभिन्न २६ थरीका खेलकूदलाई समावेश गरि ट्रिटन खेल महोत्सव शुरु भएको छ ।

सिनियर र जुनियर दुई वर्गमा विभाजित गरि स्वर्ण, रजत र कास्य गरि २२० वटा पदकका लागि विद्यालयका सबै विद्यार्थीबीच प्रतिष्पर्धा गराइने सो खेल महोत्सवको विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह तथा निर्देशक राजन सुवेदीले संयुक्तरुपमा उद्घाटन गरे ।

अधिकाँश खेल विद्यालय हातामा तथा फुटसल र फुटबल भने नजिकैको ग्राउण्डमा खेलाईने विद्यालयले जनाएको छ । घोडचढी, कवड्डी, १०० देखि ८०० मिटर दुरीको रिले दौड, ब्याडमिण्टन, चेस, क्यारम, म्युजिकल चेयरलगायत २६ थरीका खेल समावेश गरिएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए ।

विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक शिव गैरैको संयोजकत्वमा आयोजित सो खेल महोत्सव ५ दिनसम्म निरन्तर चल्नेछ ।
खेल महोत्सव शुरु हुुनु अघि विद्यालयका शिक्षक र विद्यार्थीले तिहारको झैं विभिन्न रंग प्रयोग गरि खेल महोत्सवको रंगोली नै बनाएका थिए भने विद्यार्थीका हाउस क्याप्टेनहरुले खेलकूद हुने ठाउँको सरसफाइ गरेका थिए ।

विद्यालयको ४ वटै हाउसमा आवद्ध सबै विद्यार्थीले भाग लिएको सो खेल महोत्सवमा भाग लिएका छन भने सबैभन्दा बढी पदक जित्ने हाउसलाई ट्रफि समेत प्रदान गरिने छ ।

पढाईको साथै अतिरिक्त कृयाकलापमा उत्तिकै जोड दिँदै आएको ट्रिटन स्कूलका विद्यार्थीलाई सबै खेलबारे व्यवहारिक रुपमा जानकारी दिन र उनीहरुलाई खेलप्रति रुचि जगाउन विद्यालयले हरेक वर्ष खेल महोत्सव सञ्चालन गर्दै आएको विद्यालयकी भाइस प्रिन्सिपल ममता शहले बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा