नेपालद्वारा चीन १० विकेटले पराजित

काठमाडौँ, २८ पौष । थाइल्याण्डमा भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी  विजयी शुरुवात गरेको छ ।

नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे । सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन् । यस्तै काजलले एक चौका प्रहार गरिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन बनाएको थियो ।

चीनलाई ४८ रनमा समेट्ने क्रममा नेपालकी नेरी थापाले दुई र करुणा भण्डारीले तीन विकेट लिइन् । नेपालका लागि करुणाले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिइन् । नेरीले चार ओभरमा दुई ओभर मेडन राख्दै छ रन मात्र दिएर दुई विकेट लिइन् ।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । त्यस्तै सोमबार युएइ र बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन आज उनी झापा

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले