सुनिल शर्माद्वारा १ करोड १४ लाखको छात्रवृत्ति: १०० जनाको निःशुल्क उपचार गर्ने

डोल्पा, १२ मंसिर । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति सुनिलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन् ।

शर्माले डोल्पाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँ र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन् ।  

स्वास्थ्य सेवासँगै शिक्षामा पनि विपन्न समुदायको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका शर्माले शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार गर्ने र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने बताए । त्यस्तै, काठमाडौँमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा खरिद गरेर उपलब्ध गराउने प्रतिबद्धता पनि उनले जनाए । आर्थिक अवस्था कमजोर भएका र काठमाडौँमा उपचारका क्रममा खानाको व्यवस्था गर्न नसक्ने बिरामीलाई अस्पताल भर्ना भएको दिनदेखि डिस्चार्ज नभएसम्म खानाको व्यवस्था गरिदिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी

काठमाडौँ, १२ मंसिर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्

डोल्पा, १२ मंसिर । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति सुनिलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार

पाल्पा, १२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य प्रभावकारी बनाएर मात्रै