विराटनगर जुट मिल सञ्चालनमा ल्याउन पहल

काठमाडौँ, ९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै देशको जेठो उद्योग ‘विराटनगर जुट मिल’ पुनः सञ्चालनमा ल्याउन निर्णायक पहल थाल्नुभएको छ।

लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक उद्योगलाई आधुनिक स्वरूपमा सञ्चालन गर्न मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले आज (२०८३ मंसिर ९ गते) रणनीतिक लगानीकर्ताका लागि आशयपत्र (EOI) आह्वान गरेको छ।

मन्त्रालयको नीतिगत सहजीकरण र मन्त्री साहको विशेष सक्रियतामा सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत मिल सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो। जारी सूचनाअनुसार मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि अनुभवी तथा आर्थिक रूपमा सबल स्वदेशी तथा विदेशी लगानीकर्तालाई ३५ दिनभित्र आशयपत्र पेस गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा

काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्न आह्वान गरेका छन् । उनले

रोल्पा, ९ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सधैँ सत्तामा नरहने

काठमाडौँ, ९ मंसिर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने