विद्युत चुहावट नियन्त्रणमा ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य

काठमाडौँ, ९ मंसिर । सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो ।

सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिनुभएको थियो । उहाँले चुहावट नियन्त्रणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि समग्र व्यवस्थापनका लागि आवश्यक निर्देशन र पहल गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठको सक्रियतामा १२.२६ प्रतिशत चुहावट १२.१६ प्रतिशतमा झरेको हो । प्रधानमन्त्री कार्यालयले चुहावट १२.२० प्रतिशतमा झार्न ऊर्जा मन्त्रालयलाई लक्ष्य दिएको थियो । मन्त्री श्रेष्ठको नेतृत्वमा चुहावट लक्ष्यभन्दा ०.४ प्रतिशत बढीले नियन्त्रणमा आएको हो ।

नेपाल विद्युत प्राधिकरणकाअनुसार ०८१/०८२ मा १२.२६ प्रतिशत विद्युत चुहावट ०८२/०८३ मा १२.१६ प्रतिशतमा झरेको हो । चुहावट अझै न्यूनीकरण गर्नेगरी प्राविधिक पक्ष र व्यवस्थापनलाई चुस्त बनाइएको मन्त्री श्रेष्ठले बताउनुभयो । प्राधिकरणकाअनुसार चोरी, मर्मत सम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत चुहावट हुनेगर्छ । हाल प्राविधिक समस्याहरु आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो ।

विद्युत नेटवर्क स्तरोन्नति, समयमा मर्मत सम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको तथ्यांक हेर्दा दक्षिण एसियामा औसतमा १३.८ प्रतिशत चुहावट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ९ मंसिर । पोखरामा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही

काठमाडौँ, ९ मंसिर । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ सराबेस्थित

काठमाडौँ, ९ मंसिर ।काठमाडौँको टोखाबाट अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका

सुनसरी, ९ मंसिर । धरान उपमहानगरपालिका ११ कुबिर्ता चोकस्थित एक घरबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ