बढ्यो सेयर बजार

काठमाडौँ, ९ मंसिर । बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंक बढेको थियो ।

नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो । १७० कम्पनीको मूल्य बढ्यो भने १०१ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहगत सूचक सबैभन्दा धेरै ०.९९ प्रतिशत बढ्यो । अघिल्लो दिन वाणिज्य बैंक (बैंकिङ) सबैभन्दा धेरै बढेको थियो ।

त्यस्तै बैंकिङ समूह ०.२४, फाइनान्स ०.०७, जलविद्युत् ०.८८, लगानी ०.४०, जीवन बीमा ०.५१, निर्जीवन बीमा ०.१०, अन्य ०.१२ तथा व्यापार ०.५० प्रतिशत बढे । माइक्रोफाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशत घटे ।

मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९, छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशत मूल्य बढ्यो ।

उन्नति सहकार्य लघुवित्तको मूल्य ३.३०, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४, सीवाईसी लघुवित्तको २.८२ तथा कालिन्चोक हाइड्रोपावरको २.७० प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज हिमालय ऊर्जा विकास कम्पनी, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ९ मंसिर । पोखरामा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही

काठमाडौँ, ९ मंसिर । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ सराबेस्थित

काठमाडौँ, ९ मंसिर ।काठमाडौँको टोखाबाट अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका

सुनसरी, ९ मंसिर । धरान उपमहानगरपालिका ११ कुबिर्ता चोकस्थित एक घरबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ