‘नेपालको विपद्‌पछिको पुनर्निर्माणमा चीनले सक्रिय सहयोग गर्ने’

बेइजिङ, ८ मंसिर । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार विपद् प्रभावित क्षेत्रका बासिन्दालाई घर पुनर्निर्माण गर्न र जतिसक्दो चाँडो सामान्य जीवन तथा काममा फर्काउन चीनले मद्दत गर्ने बताएका हुन् । चीनका विभिन्न क्षेत्रका नागरिकले समेत सहयोगको हात बढाउँदै नेपाली जनताप्रति सद्भाव र समर्थन प्रकट गरेको उनले बताए ।

विपद्‌ले गम्भीर क्षति पुर्‍याएको र पुनर्निर्माणमा ठुला चुनौतीहरू रहेको उल्लेख गर्दै प्रवक्ता गुओले भने, ‘चीनले पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ र यस विपद्‌प्रति नेपालको पीडामा साथ छ ।’

यसअघि उपलब्ध गराइएको आपत्कालीन सहायताका अतिरिक्त प्रभावित क्षेत्रका जनताको घर पुनर्निर्माण गर्न र उनीहरूलाई छिटोभन्दा छिटो सामान्य काम र जीवनमा फर्काउन चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय समर्थन गर्ने उनले स्पष्ट पारे । प्राकृतिक प्रकोपले निम्त्याउने जोखिम र चुनौतीहरूको अझ राम्रोसँग सामना गर्न नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्नसमेत चीनले सहयोग गर्ने प्रवक्ता गुओले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बेइजिङ, ८ मंसिर । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ

काठमाडौँ, ८ मंसिर । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशको

काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा पाँच ‘प्रोजेक्ट’को शिलान्यास गरेका छन् ।

नयाँदिल्ली, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका