काठमाडौँ, ७ मंसिर । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।





