ओखलढुंगामा जीप दुर्घटना, ९ जना घाइते

ओखलढुंगा, ७ मंसिर । ओखलढुंगामा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।

सोमबार बिहान सिद्धिचरण नगरपालिका–२, खनेखर्कस्थित निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

निशंखेबाट सिद्धिचरण–८, लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेका दर्शनार्थी सवार प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जीप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा सबै सिद्धिचरण–२ का स्थानीय छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका निम्ति सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको

एजेन्सी, ६ मंसिर । पश्चिम एसियामा तनाव फेरि एकपटक बढेको छ । इरानले बहराइनमा रहेका अमेरिकाका अखडाहरूमा आक्रमण गरेको दाबी

एजेन्सी, ६ मंसिर । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइनस्थित अमेरिकी सैन्य अखडामा रहेका दुईवटा ‘प्याट्रियट’ वायु रक्षा राडार प्रणालीलाई

एजेन्सी, ५ मंसिर । मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट घरहरूमा सामान्य क्षति, विद्युत् सेवा अवरुद्ध र राजमार्गमा