आजको मौसम

काठमाडौँ, ६ मंसिर । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा आंशिक बदल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको तराई भूभागका साथै मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशको हिमाली क्षेत्रमा साथै कोशी प्रदेशको तराई  क्षेत्रमा र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ।  बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको

भक्तपुर, ५ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र

भक्तपुर, ५ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै पनि गतिविधि

काठमाडौँ, ५ मंसिर । वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले