राष्ट्रपति पौडेल र जापानी उपमन्त्री फुजीबीच भेटवार्ता

काठमाडौँ, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेटवार्ता गरेका छन् । 

आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटवार्तामा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा कुराकानी भएको छ ।

भेटका क्रममा दुई देशबिचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र सहकार्यका विविध पक्षबारे विचारविमर्श भएको थियो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेल र जापानी उपमन्त्री फुजीबिच द्विपक्षीय हित र चासोका विषयमा सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको

सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा

सुनसरी, ५ मंसिर । गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट

काठमाडौँ, ५ मंसिर । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट